आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

सूर्यकुमारको शतकमा मुम्बईको चौथो जित

सूर्यकुमारको शतकमा मुम्बईको चौथो जित

साझा पोष्ट
मंगलबार, वैशाख २५ २०८१
  • images
    सूर्यकुमारको शतकमा मुम्बईको चौथो जित
    images

    काठमाडौं । प्ले अफ होडबाट बाहिरिसकेको मुम्बई इन्डियन्सले  इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा चौथो जित हासिल गरेको छ ।

    images
    images

    गएराति भएको आफ्नो १२ औं खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको हो । 

    images
    images

    १७४ रनको लक्ष्य मुम्बइले सूर्यकुमार यादवको शतक मद्दतमा १७.२ ओभरमा तीन विकेट मात्र गुमाएर पूरा गर्‍यो । सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्कासहित १०२ रनमा नटआउट रहे ।

    तिलक बर्माले ३७ रन बनाए । ओपनर इशन किसन र रोहित शर्मालाई भने मुम्बइले सस्तैमा गुमाएको थियो । इशन किशन ९ र रोहित ४ रनमै आउट भएका थिए ।हैदराबादका भुवनेश्वर कुमार, मार्को जानसेन र प्याट कमिन्सले एक-एक विकेट लिए ।

    त्यसअघि मुम्बईमा ब्याटिङ गरेको हैदराबादले ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८, प्याट कमिन्सले ३५, नितिश रेड्डीले २० रन जोडे । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

    मुम्बइका हार्दिक पन्ड्या र पियुस चावलाले तीन-तीन,  अंशुल कम्बोज र जस्पृत बुम्राहले एक-एक विकेट लिए ।

    यो जितसँगै मुम्बइ ८ अंकका साथ अंकतालिकाको नवौं स्थानमा छ भने पराजित हैदराबाद १२ अंकका साथ चौथो स्थानमा छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार