मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

विश्वकप क्रिकेट: बंगलादेशविरुद्ध अफगानिस्तान ब्याटिङमा, श्रीलंका र दक्षिण अफ्रिका दिउँसो भीड्ने

विश्वकप क्रिकेट: बंगलादेशविरुद्ध अफगानिस्तान ब्याटिङमा, श्रीलंका र दक्षिण अफ्रिका दिउँसो भीड्ने

शनिबार, असोज २० २०८०
  • images
    विश्वकप क्रिकेट: बंगलादेशविरुद्ध अफगानिस्तान ब्याटिङमा, श्रीलंका र दक्षिण अफ्रिका दिउँसो भीड्ने
    images

    काठमाडौं । एकदिवसीय विश्वकपमा आज शनिबार दुई खेल हुँदैछन । 

    पहिलो खेलमा बंगलादेश र अफगानिस्तान धर्मशालामा र अर्को खेलमा दक्षिण अफ्रिका र श्रीलंका  दिल्लीमा भीड्नेछन् ।  पहिलो खेल धर्मशालामा शुरु भएको छ । अफगानिस्तानले टस हारेर ब्याटिङ गरिरहेको छ । 

    images
    images

    अफगानिस्तान आईसीसी विश्वकपमा बंगलादेशविरुद्ध पहिलो जित दर्ता गर्ने लक्ष्यमा हुनेछ । एक महिना अघि भएको एसिया कपमा बंगलादेशले अफगानिस्तानलाई हराएको थियो । अफगानिस्तान तेस्रो पटक विश्वकप खेल्दैछ । उसले पहिलो पटक सन् २०१५ मा डेब्यु गरेको थियो । 


    अर्को खेलमा सवा दुई बजे श्रीलंका र दक्षिण अफ्रिका भीड्नेछन । श्रीलंका भर्खरै सम्पन्न एसिया कपको उपविजेता टोली हो । साउथ अफ्रिकाले भने अष्ट्रेलियाविरुद्धको सिरिज जितेको थियो । 

    दुवै टिमले ८० एकदिवसीय खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा साउथ अफ्रिका ४५ र श्रीलंका ३३ खेलमा विजयी भएको छ । श्रीलंका सन् १९९६ को विश्वकप विजेता हो भने दक्षिण अफ्रिकाले अहिलेसम्म जितेको छैन । यो टिम राम्रो हुँदा हुँदै पनि अभागी टिमका रुपमा चिनिन्छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार