शुक्रबार, वैशाख २८ गते २०८१
Logo
शुक्रबार, वैशाख २८ गते २०८१

परिजिता बास्कोटा अमेरिकाको रियालिटी शो ‘द भ्वाइस’  को अन्तिम १० मा 

परिजिता बास्कोटा अमेरिकाको रियालिटी शो ‘द भ्वाइस’  को अन्तिम १० मा 

अन्तिम १३ को प्रतिस्पर्धामा गाउँदा परिजिताले कालो सारी र ब्लाउज लगाएकी थिइन् । पहिरनको कारणले पनि उनलाई नेपाल र भारतीय समुदायबाट आकर्षण मिलिरहेको छ । भिडियो सन्देश जारी गर्दै परिजिताले आगामी चरणका लागि भोट गर्न दर्शकलाई आग्रह गरिरहेकी छन् ।

साझा पोष्ट
बुधबार, मंसिर ७ २०७९
  • images
    परिजिता बास्कोटा अमेरिकाको रियालिटी शो ‘द भ्वाइस’  को अन्तिम १० मा 
    images

    काठमाडौं । नेपालीमूलकी परिजिता बास्कोटा अमेरिकाको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’को अन्तिम १० मा प्रवेश गरेकी छन् । उनी दर्शकको मतका आधारमा अन्तिम १० मा प्रवेश गरेकी हुन् । 


    images
    images

    जोन लिजेन्ड समूहमा रहेर प्रतिस्पर्धा गरिरहेकी उनले एडेलको गीत ‘अल आइ आस्क’ बोलको गीत गाएकी थिइन् । उनको उक्त गीतलाई पनि जजहरुले प्रशंसा गरे । 

    अन्तिम १३ को प्रतिस्पर्धामा गाउँदा परिजिताले कालो सारी र ब्लाउज लगाएकी थिइन् । पहिरनको कारणले पनि उनलाई नेपाल र भारतीय समुदायबाट आकर्षण मिलिरहेको बताइएको छ ।

    भिडियो सन्देश जारी गर्दै परिजिताले आगामी चरणका लागि भोट गर्न दर्शकलाई आग्रह गरिरहेकी छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार