मंगलबार, असार १२ गते २०८१
Logo
मंगलबार, असार १२ गते २०८१
images

स्कटल्यान्ड अष्ट्रेलियासँग हार्दा  सुपर ८ पुग्यो इंग्ल्यान्ड

स्कटल्यान्ड अष्ट्रेलियासँग हार्दा  सुपर ८ पुग्यो इंग्ल्यान्ड

साझा पोष्ट
आइतबार, असार ३ २०८१
  • images
    स्कटल्यान्ड अष्ट्रेलियासँग हार्दा  सुपर ८ पुग्यो इंग्ल्यान्ड
    images

    काठमाडौं  । अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै स्कटल्यान्ड आईसीसी टी–२० विश्वकप २०२४ मा बाहिरिएको छ ।  अष्ट्रेलियाको जितले समूह बी बाट स्कटल्यान्डलाई नेटरनरेटमा पछि पार्दै इंग्ल्यान्डले  सुपर ८ मा पुगेको छ । 


    अष्ट्रेलिया समूह बी बाट ४ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्ड र स्कटल्यान्ड दुबैको ४ खेलमा ५–५ अंक भए पनि इंग्ल्यान्डको नेटरनेट ३.६११ रहँदा स्कटल्यान्डको १.२५५ भयो । जसले गर्दा स्कटल्याण्ड बाहिरियो । 

    images
    images

    १८१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । ओपनर ट्रविस हेडले ४९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मार्कस स्टोइनिसले २९ बलमा ९ चौका र २ छक्कासहित ५९ रन जोडे ।  टिम डेविड ११ बलमा २ चौका र १ छक्कासहित २४ रन र म्याथ्यूवेड ४ मा नटआउट रहे । डेविड वार्नर १, मिचेल मार्श ८, ग्लेन म्याक्सवेलले ११ रन बनाए । 

    स्कटल्यान्डका स्पिनर मार्क वाटले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । शफ्यान शरिफले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ब्राड ह्वीलले १ विकेट लिए ।

    त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

    युवा अलराउण्डर ब्रेन्डन म्याकमुलेनले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेले  । जर्ज मुन्शे २३ बलमा २ चौका र ३ छक्कासहित ३५ रन बनाए ।

     कप्तान रिची बेरिंग्टन ३१ बलमा १ चौका र २ छक्कासहित ४२ रनमा नट आउट रहे । म्याथ्यु क्रस १८ र माइकल लिक्स ५ रनमा आउट भए ।

    अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । एश्टन अगर, नाथन एलिस र एडम जाम्पाले १–१ विकेट लिए । 

    प्रतिक्रिया हरु
    थप समाचार