मंगलबार, असार १२ गते २०८१
Logo
मंगलबार, असार १२ गते २०८१
images

हामी हारेपनि गर्व गर्न लायक खेल्यौं : रोहित पौडेल

हामी हारेपनि गर्व गर्न लायक खेल्यौं : रोहित पौडेल

साझा पोष्ट
शनिबार, असार २ २०८१
  • images
    हामी हारेपनि गर्व गर्न लायक खेल्यौं :  रोहित पौडेल
    images

    काठमाडौं । नेपालका कप्तान रोहित पौडेलले आईसीसी टी(२० विश्वकपमा दक्षिण अफ्रिकासँग हारेपनि खेलबाट आफू सन्तुष्ट रहेको बताएका छन्। 
    एक रनले हारेपछि उनले नेपालले राम्रो खेलेको बताए । खेलपछि उनले भने, ‘नेपाली टोलीको खेलबाट गर्व लागिरहेको छ। बलिङ र ब्याटिङमा नेपालले राम्रो गर्‍यो। अगामी दिनमा यसको अनुभवले सहयोग पुग्नेछ।’ 

    नेपाली समर्थकको उपस्थितिको प्रशंसा गर्दै कप्तान पौडेलले जहाँ भए पनि घरेलु मैदानकै आभास हुने गरेको सुनाए। 
     ‘टाढाबाट आएर वर्षा पनि नभनी नेपाली टोलीको हौसला बढाउनुहुन्छ, त्यसका लागि नेपालका समर्थकलाई धेरै-धेरै धन्यवाद!’  उनले भने ।
     टी–२० आईमा नेपाल र दक्षिण अफ्रिका पहिलोपटक भेट भएका हुन्। जसमा दक्षिण अफ्रिका विजयी भयो । चार खेलमा अपराजित दक्षिण अफ्रिका ८ अंक बनाउँदै शीर्ष स्थानमा रहेर सुपर ८ मा पुगेको छ । नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तरले हार्दा सुपर ८ मा पुग्ने सपना अधूरै रह्यो ।

    images
    images

    नेपालले अब समूह चरणको अन्तिम खेलमा सोमबार बगंलादेशसँग खेल्नेछ। समूह डीबाट नेपालसँगै श्रीलंका पनि बाहिरिएको छ। अब ४ अंकका साथ दोस्रो स्थानमा रहेको बंगलादेशको सुपर ८ मा पुग्ने सम्भावना बलियो छ।

    प्रतिक्रिया हरु
    थप समाचार