मंगलबार, असार १२ गते २०८१
Logo
मंगलबार, असार १२ गते २०८१
images

दक्षिण अफ्रिकाका प्रमुख बलर रबाडा: सन्दीप लामिछाने 'मिस्ट्री स्पिनर', खेल्न गाह्रो हुन्छ

दक्षिण अफ्रिकाका प्रमुख बलर रबाडा: सन्दीप लामिछाने 'मिस्ट्री स्पिनर', खेल्न गाह्रो हुन्छ

साझा पोष्ट
शुक्रबार, असार १ २०८१
  • images
    दक्षिण अफ्रिकाका प्रमुख बलर रबाडा:  सन्दीप लामिछाने 'मिस्ट्री स्पिनर', खेल्न गाह्रो हुन्छ
    images

    दीपेन्द्र कुँवर-

    सेन्ट भिन्सेन्ट । दक्षिण अफ्रिकाका प्रमुख बलर कगिसो रबाडाले नेपाललाई हल्का रुपमा नलिने बताएका छन् ।  उनले नेपाली लेग स्पिनर सन्दीप लामिछानेका बारेमा पनि प्रतिक्रिया दिएका छन् । नेपालसँग खेल्नु अघिको पत्रकार सम्मेलनमा आत्मविश्वासी देखिएका रबाडाले नेपाललाई हल्का रुपमा नलिने  बताए ।

    images
    images

    रवाडाले अघिल्ला खेलमा जस्तै  नेपालविरुद्ध अझै राम्रो खेल्न चाहेको उनले बताए। समूह चरणको अन्तिम खेलमा अर्को जितका लागि आफूहरुले तयारी गरिहेको उनले बताए । ‘यो अर्को एउटा अन्तर्राष्ट्रिय म्याच हो र हामी यसलाई हलुकारुपमा लिँदैनौं । हामी प्रतियोगितामा जसरी खेलिरहेका छौं, त्यही वा त्योभन्दा राम्रो क्रिकेट खेल्न प्रयास गर्नेछौं ।’

    रवाडाले नेपाली टीमले कस्तो क्रिकेट खेल्छ भन्ने बारेमा धेरै थाहा नभएको स्वीकारे । 

    उनले भने, ‘इमान्दारीपूर्वक भन्नुपर्दा मलाई त्यति धेरै थाहा छैन, तर हाम्रो एनालिस्टहरु छन् । र, हामी ले आफ्नो गृहकार्य गर्नेछौं । हामी पटक्कै हल्कारुपमा लिने छैनौं ।’

    रवाडाले नेपालका स्पिनर सन्दीप लामिछानेबारे पनि बोले । सन्दीप विरुद्ध खेल्न सहज नहुने उनको प्रतिक्रिया छ । 

    , ‘सन्दीप मिस्ट्री स्पीनर हुन् । यस्तो मिस्ट्री स्पिनरलाई खेल्न गाह्रो हुन्छ । तर, हाम्रो टीम उनको बलिङ सामना गर्न तयार छ ।’ उनले भने  ‘यो प्रतियोगितामा धेरै रन बनिरहेको छैन, त्यसमा एउटा बलरको रुपमा म निकै रमाइरहेको छु ।’

    उनले वेस्ट इन्डिजको पिचमा बलर र ब्याटर दुवैलाई मौका रहेको पनि बताए । एशोसियट टिमहरुको प्रतिनिधित्वले क्रिकेट एउटा विश्वव्यापी इभेन्ट बन्दै गएको उनले बताए । 

    प्रतिक्रिया हरु
    थप समाचार