मंगलबार, असार १२ गते २०८१
Logo
मंगलबार, असार १२ गते २०८१
images

शुभकामना नेपाली क्रिकेट

शुभकामना नेपाली क्रिकेट

मंगलबार, जेठ २९ २०८१
  • images
    शुभकामना नेपाली क्रिकेट
    images

    कहाँ थियौ हिजो तिमी, 
    आज कहाँ पुग्यौ,
    कसोगरी आज आफै, 
    संसार चुम्दा भयौ
    सगरमाथाको देश तिम्रो, 
    सधैं शिर माथि
    लगाव र मेहेनत नै, 
    हो नि सच्चा साथी 

    बुद्धभूमि  तिम्रै माटो, 
    सच्चाई तिम्रो साथ
    यही लयलाई कायम राखी, 
    गर्नुनै छ माथ 
    क्रिकेट प्रेमी हेर उता, 
    माया कति गाढा 
    माहौल सबै हेर्दा लाग्छ, 
    मेडल छैन टाढा 

    images
    images

    क्रिकेट तिम्रो पेशा होइन, 
    बनोस् मनको कर्म
    चन्द्र सूर्य छातिमै होस्,
    जे जे भएनि धर्म 
    आत्मविश्वास साथ गर,
    बल र ब्याटको सामना 
    विजय तिम्रो पर्यायवाची, 
    यही छ शुभकामना !! 


    -अमेरिका

    प्रतिक्रिया हरु
    थप समाचार