मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

पाकिस्तानमा बस दुर्घटना: २८ जनाको मृत्यु, २० घाइते

पाकिस्तानमा बस दुर्घटना: २८ जनाको मृत्यु, २० घाइते

बुधबार, जेठ १६ २०८१
  • images
    पाकिस्तानमा बस दुर्घटना: २८ जनाको मृत्यु, २० घाइते
    images

    इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको वाशुक जिल्लामा बुधबार बिहान भएको बस दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

    जिल्लाको बिस्मिया क्षेत्रमा ५० जनाभन्दा बढी यात्रु बोकेको बस सडकदेखि केही फिट तल खोल्सामा खसेको थियो । दुर्घटनामा बसमा सवार महिला तथा बालबालिकासहित २८ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

    images
    images

    प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगी मृतक र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेको स्रोतले जनाएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का चिकित्सकहरूले गरेका छन् ।

    यसैगरी एक अर्को घटनामा, तुर्बत सहरबाट दक्षिणपश्चिम प्रान्तीय राजधानी क्वेटा जाँदै गरेको बस अत्यधिक गतिमा रहेको बसको टायर फुटी केही यात्रुहरू घाइते भएका प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार