शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

जापानी विदेशमन्त्री खामीखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन

जापानी विदेशमन्त्री खामीखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन

साझा पोष्ट
आइतबार, वैशाख २३ २०८१
  • images
    जापानी विदेशमन्त्री खामीखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन
    images

    काठमाडौं। नेपाल भ्रमणमा आएका जापानका विदेशमन्त्री खामीखावा योकोले काठमाडौँको बसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन् ।

    images
    images
    images

    उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गरिन् । करिब आधा घण्टा त्यहाँ बिताएकी उनले अवलोकनपछि बुद्धको मूर्ति खरिद गरिन् ।

    images
    images

    जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् ।उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उहाँको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नेछिन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार