काठमाडौं । पत्रकार तथा साहित्यकार प्रकाश गुरागाईं र साहित्यकार प्रगति राई ‘पहिचान पुरस्कार कोष’ बाट पुरस्कृत भएका छन्।
पहिचान पुरस्कार कोष भोजपुरले उनीहरुलाई नगद चार लाखसहित सम्मान गरेको हो। गुरागाईंको पुस्तक ‘जक्सन पिपलबोट नयाँ सडकको कथा’ र राईको उपन्यास ‘थाङ्ग्रा’ को लागि कोषले संयुक्त रुपमा उनीहरुलाई चार लाख दुई हजार दुई सय रुपैयाँसहित सम्मान गरेको हो।
शनिबार भोजपुरको चखियामा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला र कोषका संस्थापक नरेश काङमाङ राईले लेखकद्वय गुरागाईं र राईलाई सम्मान पत्रसहित पुरस्कार रकम हस्तान्तरण गरे।