काठमाडौं । भंगहा–जनकपुर(जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ ।
भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावलाई लिएर नेपाल भारत सीमा क्षेत्र शनिबार रातिदेखि तीन दिनका लागि सिल हुँदा रेल सेवा पनि बन्द गरिएको हो ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महा प्रबन्धक निरञ्जन झाले सूचना निकालेर मंगलबारसम्म रेल सेवा बन्द रहने जानकारी गराएका हुन् ।
‘
आगामी बुधवारदेखि साविक बमोजिम नियमित सेवा सञ्चालनमा आउने प्रबन्धक झाले बताए ।