काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० आज खेल्दैछ । खेल टीयु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ ।
शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको नेपाल आइतबार भएको दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।
चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।
टी–२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी-२० खेल खेलिरहेको हो । घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ ।