मंगलबार, जेठ १ गते २०८१
Logo
मंगलबार, जेठ १ गते २०८१

इलाममा गणना भएको मध्ये झण्डै आधा मत सुहाङ नेम्वाङलाई

इलाममा गणना भएको मध्ये झण्डै आधा मत सुहाङ नेम्वाङलाई

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    इलाममा गणना भएको मध्ये झण्डै आधा मत सुहाङ नेम्वाङलाई
    images
    images

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा अहिलेसम्म गणना भएको कुल मत मध्ये झण्डै आधा मत नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पाएका छन् ।

    images
    images
    images

    कुल ८ हजार ६३ मत मध्ये नेम्वाङले ३७८३ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ।  यो करिब ४७ प्रतिशत मत हो । निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर  २७८२ मत ल्याएका छन् ।  

    images
    images

    अहिलेसम्मको मतगणनाअनुसार 'मूढा' चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिम लिम्बू तेस्रो स्थानमा छन्। उनले ७८४ मत ल्याएका छन्।त्यस्तै, चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५६१ मत ल्याएका छन्। अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका १, २, ३, ४, ५ र ६ गरी ६ वटा वडाको मतगणना सकिएको छ
    इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार