सोमबार, जेठ १४ गते २०८१
Logo
सोमबार, जेठ १४ गते २०८१
images

कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

साझा पोष्ट
मंगलबार, जेठ १ २०८१
  • images
    कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित
    images

    काठमाडौं । सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

    images

    मंगलबार बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । त्यसलगत्तै  राष्ट्रपतिलाई धन्यवाद दिन प्रतिनिधिसभाको बैठक बसेको थियो ।

    images
    images

    तर सभामुख देवराज घिमिरेले बैठक सुरु भएको बताएलगत्तै कांग्रेस सांसदहरुले वेल घेराउ गरे । सभामुखले अधिवेशन प्रारम्भ भएदेखि पेश गर्नुपर्ने पत्रहरु पेश गर्न नपाएको र राष्ट्रपतिलाई धन्यवाद दिनुपर्ने कार्यसूची रहेको बताए ।

    सांसदहरुलाई आफ्नो आसनमा बस्न आग्रह गर्दै उनले अगाडि भने, अध्यादेशलाई पहिलो दिन नै टेबल गर्नुपर्ने व्यवस्था छ । त्यो पनि हामीले गरेका छैनौं ।’ तर कांग्रेसले मानेने र सभामुख घिमिरेले जेठ ३ गते विहान ११ बजे बस्ने गरी बैठक स्थगित गरे । 

    प्रतिक्रिया हरु
    थप समाचार