बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

आईपीएलमा पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित

आईपीएलमा पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित

साझा पोष्ट
शुक्रबार, वैशाख ७ २०८१
  • images
    आईपीएलमा पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित
    images

    काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्समाथि ९ रनले हराएको छ । गएराति १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो ।


    images
    images

    पन्जाबका आशुतोष शर्माले २८ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६१ रन बनाए । सशांक सिंह २५ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । एक समय ९.२ ओभरा ७७–६ को अवस्थामा पुगेको पन्जाबलाई शंशाक र आशुतोषले जितको आशा देखाएका थिए । तर जित नजिक पुगेर पञ्जाब पराजित भयो । मुम्बईका जस्प्रित बुमराह र जोराल्ड कोट्जी  ले ३–३, आकाश मधवाल, हार्दिक पान्ड्या र श्रेयस गोपालले १–१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । मुम्बईका सूर्यकुमार यादवले ५३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७८ रन बनाए । रोहित शर्मा ३६, ईशान किशन ८, तिलक बर्मा ३४, हार्दिक पान्ड्या १० र टिम डेविड १४ रनमा आउट भए ।


    पन्जाबका हर्षल पटेलले ३ र साम करनले २ विकेट लिए ।मुम्बई ७ खेलमा ३ मा जित र ४ मा हारसहित सातौं स्थानमा उक्लेको छ । पञ्जाब ७ खेलमा २ मा जितका साथ नवौं स्थानमा छ ।राजस्थान ७ खेलमा ६ मा जितका साथ शीर्ष स्थानमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार