शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

नेपालले एक खेल अघिनै गुमायो टी-२० श्रृंखला

नेपालले एक खेल अघिनै गुमायो टी-२० श्रृंखला

साझा पोष्ट
बिहीबार , वैशाख २० २०८१
  • images
    नेपालले एक खेल अघिनै गुमायो टी-२० श्रृंखला
    images

    काठमाडौं । पाहुना टोली वेस्ट इन्डिज ‘ए’सँगको पाँच खेलको टी–२० शृंखला नेपालले एक खेल अघिनै गुमाएको छ।
    लगातार तेस्रो हार व्यहोरेसँगै घरेलु टोली नेपालले श्रृंखला गुमाएको हो । बिहीबार भएको शृंखलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’सँग २८ रनले पराजित भयो । 

    images
    images
    images


    पाँच खेलको शृंखलामा वेस्ट इन्डिज ‘ए’ले ३–१ ले जित निकाल्दै शृंखला कब्जा गरेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपालले त्यसयता लगातार तीन खेलमा हार बेहोर्यो ।  नेपाल शृंखलाको दोस्रो खेलमा १० रतेस्रो खेलमा ७६ रनले पराजित भएको थियो। 

    images
    images

    शृंखलाको अन्तिम तथा पाचौँ खेल शनिबार हुनेछ। वेस्ट इन्डिज ‘ए’ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८१ रन बनाउँदा इनिङ्सको अन्तिम बलमा अलआउट भयो। 

    कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रनको योगदान दिए पनि हार टरेन् । रोहितले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। सन्दीप जोरा र दीपेन्द्र सिंह ऐरीले समान १९ रन तथा सोमपाल कामी १० रनमा आउट भए । कुशल मल्लले ४, कुशल भुर्तेलले १ रन बनाए । आशिफ शेख र प्रतिश जिसी शुन्यमा पेभेलियन फर्के। 

    क्यारेबियन टोलीका म्याथ्यू फोर्डले ३ विकेट लिए। फाबियन एलियन, हेडन वेल्सले समान २ विकेट लिए। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार