शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै वेष्टइण्डिज 'ए'

टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै वेष्टइण्डिज 'ए'

साझा पोष्ट
बिहीबार , वैशाख २० २०८१
  • images
    टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै वेष्टइण्डिज 'ए'
    images

    काठमाडौं ।चौथो टी–२० खेलमा वेष्टइण्डिज ए ले टस जितेर नेपालविरुद्ध ब्याटिङ रोेजेको छ । क्यारेबियन कप्तान रोश्टन चेशले टस जितेर नेपाललाई बलिङका लागि आमन्त्रण गरेका हुन् ।

    images
    images
    images

    पाँच खेलको सिरिजमा वेष्टइण्डिज ए २–१ले अघि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नै पर्नेछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछि दोस्रो खेल १० रन र ७६ रनले पराजित भएको थियो ।

    images
    images

    आज नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिएको छ । मध्यक्रममा रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुलशन झा छन् । बलिङमा प्रतिश जिसी , सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी छन् । 

    नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकप खेल्ने अन्तिम १५ सदस्यीय टोली बुधबार घोषणा गरेको छ ।  तर सिरिजका बाँकी दुई खेलमा विश्वकप जाने टोली मात्र प्रयोग हुने छ ।

    यसअघि तीन खेलमा विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली टुङ्गो लगाउन नेपालले परीक्षण मात्रै गरेको थियो । विश्वकपमा नेपालले समूह चरणमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्नुअघि नेपालको राम्रो परीक्षा हुनेछ ।

    नेपाली टोली :

    आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी ।

    वेस्ट इन्डिज ‘ए’ टोली :

    रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल र हेडन वाल्स ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार