बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

प्रिमियर कपको सेमिफाईनलमा नेपाल आज युएईसँग भीड्दै

प्रिमियर कपको सेमिफाईनलमा नेपाल आज युएईसँग भीड्दै

साझा पोष्ट
शुक्रबार, वैशाख ७ २०८१
  • images
    प्रिमियर कपको सेमिफाईनलमा नेपाल आज  युएईसँग भीड्दै
    images

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपाल आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार विहान ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ ।


    images
    images

    नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।

    नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो । ओमानसँग युएई ९ विकेटले हारेको थियो ।
     नेपाल र यूएई एशोसियट राष्ट्रका  चिर प्रतिद्वन्द्वी टोली हुन्। यी दुई टोलीलाई एक अर्काको सबल र कमजोर पक्ष राम्रोसँग थाहा छ। 

    त्यसैले दुवै टोली रणनितिक रुपमा बलियो भएर आजको खेलमा मैदान उत्रनेछन्। टी २० होस् वा ओडिआई यी दुई टोलीको खेल क्रिकेट समर्थकका लागि बहुप्रतिक्षित खेल हो । त्यसैले एशोसियट क्रिकेटमा यी दुई बीचको खेललाई एल क्लासिको समेत भन्ने गरिएको छ । 

    नेपाल र युएईबीच ९ टी–२० आई खेल भएका छन् । नेपाल ५ मा जित र ४ मा पराजित भएको छ ।
    आज वर्षाले खेलमा असर नपार्ने देखिन्छ । प्रतियोगिता विजेताले टी–२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । दोस्रो सेमिफाइनल खेलमा आज हङकङ र ओमानबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ । तेस्रो स्थानका लागि शनिबार खेल हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार