शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

गर्मीका कारण बुटवलका विद्यालय २ दिन बन्द

गर्मीका कारण बुटवलका विद्यालय २ दिन बन्द

साझा पोष्ट
बिहीबार , वैशाख २० २०८१
  • images
    गर्मीका कारण बुटवलका विद्यालय २ दिन बन्द
    images

    बुटवल ।  बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयमा बिदा दिएको हो । 

    images
    images
    images

    केही दिनयता तातो हावा चल्न थालेकोले विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकाले वैशाख २० गते बिहीवार र २१ गते शुक्रवारका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा उल्लेख छ । 

    images
    images

    विद्यालय बन्द भए पनि जारी कक्षा १२ को परीक्षा भने यथावत् रहने उपमहानगरको सूचनामा उल्लेख छ ।
    मौसम पूर्वानुमान महाशाखाले एक हप्ताअघि नै वैशाख २० गतेसम्म तातो हावा चल्ने जानकारी गराएको थियो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार