काठमाडौ । नयाँ जनवादी मोर्चा नेपाल र क्रान्तिकारी मोर्चा नेपालबीच एकता भएको छ ।बुधबार १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका पत्रकार सम्मेलन गरी दुई मोर्चाबीच एकता भएको घोषणा गरिएको हो ।
तत्कालका लागि ८१ सदस्यीय केन्द्रीय समिति र २७ सदस्यीय सचिवालय समिति बनाइएको छ । जसको संयोजकमा अशोक शर्मा छन् । यस्तै सह–संयोजकमा विष्णु खड्का तथा प्रवक्तामा गणेश घिमिरे र दिनेश बर्तौल छन् ।
स्थानीय तह र जनवर्गीय संगठनका एकताका कामहरु चाँडोभन्दा चाँडो सम्पन्न गर्न ९ सदस्यीय एकता संयोजन समितिसमेत निर्माण गरिएको खड्काले जानकारी दिए । एकता अघि नयाँ जनवादी मोर्चाको नेतृत्व अशोक शर्मा र क्रान्तिकारी मोर्चाको नेतृत्व विष्णु खड्काले गरेका थिए ।