काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो।
भेटमा समसामयिक राजनीतिका साथै लगानी सम्मेलनबारे समीक्षा भएको गृहमन्त्री लामिछानेले बताए। उनले तीन नेताहरुबीच भेट नभएको लामो समय भएकाले पछिल्ला घटनाक्रमका बारेमा छलफल भएको जानकारी दिए।
‘सामान्य बैठक हो। अहिलेको सम्पूर्ण परिस्थिति र राजनीतिक परिस्थितिको छलफल र समीक्षा गर्न बैठक बसेका हौँ। सुदूरपश्चिममा एउटा समझदारीमा गइसकेको कुरा हो। त्यसमा कहिलेकाहीँ पात्रको विषयलाई लिएर छलफल भएको हो। हाम्रो सहभागिता नभएकाले मेरो मत खासै रहेन।’ उनले भने ।