काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले सामेल नहुने भएको छ। नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारमा तत्काल सामेल नहुने एमाले संसदीय दलले निर्णय गरेको छ।
संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा बसेको दलको बैठकले तत्काल सरकारमा सामेल नहुने निर्णय गरेको हो। अर्को निर्णय नहुंदासम्मका लागि बाहिर बसेर समर्थन गर्ने रावलले बताए ।