बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

साझा पोष्ट
बिहीबार , वैशाख ६ २०८१
  • images
    सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा
    images

    काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।


    images
    images

    दुई लेगको खेल समग्रमा ४–४ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

    रियलको मैदानमा भएको पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो भने गएराति सिटीको घरेलु मैदानमा भएको दोस्रो लेग  १–१ को बराबरीमा सकिएको थियो ।
    रियलका लागि रोड्रिगोले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि ७६औं मिनेटमा सिटीका केभिन डे ब्रुएनाले बराबरी गोल गरेका थिए । त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल भएन र खेल पेनाल्टी सुटआउटमा पुग्यो ।

    पेनाल्टी सुटआउटमा रियलका किपर लुनिन नायक बने । उनले सिटीका बर्नार्डो शिल्भा र माटेयो कोभासिसको पेनाल्टी बचाए र टिमलाई अन्तिम चारमा पुर्याए । 

    त्यसअघि रियलका लागि लुका मोडरिचले हानेको पहिलो पेनाल्टी सिटीका गोलकिपर एडरसनले रोकेका थिए । तर पछि रियलका जुड बेलिङ्घहम, लुकास भजक्वेज, नाचो फर्नान्डेज र एन्टोनी रुडिगरले पेनाल्टीमा गोल गरे । सिटीका लागि जुलियन अल्भारेज, फिल फोडेन र एडरसनले मात्र गोल गरे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार