मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

टी–२० विश्वकप खेल्ने दक्षिण अफ्रिकी टोली घोषणा

टी–२० विश्वकप खेल्ने दक्षिण अफ्रिकी टोली घोषणा

साझा पोष्ट
बुधबार, वैशाख १९ २०८१
  • images
    टी–२० विश्वकप खेल्ने दक्षिण अफ्रिकी टोली घोषणा
    images

     काठमाडौं । नेपालकै समूहमा रहेको दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा गरेको छ । युवा ब्याटर एडेन माक्ररमको कप्तानीमा दक्षिण अफ्रिकाले  टोली घोषणा गरेको हो ।

    images
    images

     सन्यासबाटफर्किने चर्चामा रहेका फाफ डु प्लेसिस भने टोलीमा पर्न परेका छैनन्। मध्यक्रमका ब्याटर रास्सी भान डर डुसेन पनि टोलीमा छैनन। तीव्र गतिका बलर नान्द्रे बर्गर बैकल्पिक खेलाडीको सूचिमा छन् ।

    images
    images

    समूह डी मा नेपाल, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले १५ जुनमा दक्षिण अफ्रिकासँग खेल्नेछ ।

    पहिलो पटक नेपालले दक्षिण अफ्रिकासँग खेल्नेछ । दक्षिण अफ्रिका समूह डी को सबैभन्दा मजबुत टोली हो । दक्षिण अफ्रिकालाई उपाधि दाबेदार टोलीको रुपमा समेत हेरिएको छ ।

    दक्षिण अफ्रिका टोली :

    एडेन माक्ररम (कप्तान), बोटनिल बार्टमान, जेराल्ड कोट्जी, क्विन्टन डि कक, ब्जोर्न फोटुइन, रिजा हेन्ड्रिक्स, मार्को यानसन, हेनरिक क्लासेन, केशव महाराज, डेविड मिलर, एनरिच नोर्किया, कागिसो रबाडा, रियान रिकेल्टन, तबरेज शाम्सी र ट्रिस्टन स्टब्स ।

    ट्राभल रिजरर्भ : नान्द्रे बर्गर र लुंगी एनगिडी

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार