बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

विदेशी मुद्रा सञ्चिति झण्डै १९ खर्ब, १४.८ महिनाको वस्तु आयात धान्ने

विदेशी मुद्रा सञ्चिति झण्डै १९ खर्ब, १४.८ महिनाको वस्तु आयात धान्ने

साझा पोष्ट
बिहीबार , चैत २२ २०८०
  • images
    विदेशी मुद्रा सञ्चिति  झण्डै १९ खर्ब, १४.८ महिनाको वस्तु आयात धान्ने
    images

    काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति झण्डै १९ खर्ब  पुगेको छ। गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भएको  राष्ट्र बैंकले जनाएको छ। 


    images
    images

    यो फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ पुगेको  छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ। 

    हाल नेपालमा रहेको विदेशी मुद्रा सञ्चितिले १४ दशमलव ८ महिनाको वस्तु आयात धान्न सकिने स्थिति छ भने १२ दशमलव ४ महिनाको वस्तु तथा सेवा धान्न सकिने स्थिति रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० फागुन मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ६ करोड पुगेको छ।

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० फागुन मसान्तमा १८।२ प्रतिशतले वृद्धि भई २ खर्ब २८ अर्ब ७६ करोड कायम भएको छ।


    २०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२।१ प्रतिशत छ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार