काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेदेखि सुरू हुने गरी संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेका हुन् ।
'सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१-१-२० को सिफारिसमा सम्वत् २०८१ साल वैशाख २८ गते शुक्रबारका दिन १४.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ' राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा छ ।