बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

साझा पोष्ट
सोमबार, चैत १२ २०८०
  • images
    दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
    images


    काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।


    images
    images

    न्यायाधीशहरू डा. कुमार चुडाँल र शारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

    लामो समयदेखि विवादका रुपमा रहेको यो विषयमा अदालतले निकास दिएको छ । सर्वोच्च अदालतले रिट निवेदककै पक्षमा रिट जारी गरेकाले अब दुर्गा प्रसाईँको लगानीमा रहेको झापाको बीएण्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ । 

    मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्चमा रिट दायर गरेका थिए । 


    सोमबार रिट जारी भएपनि संक्षिप्त आदेश नआएको कारण फैसलामा के कुरा उल्लेख भएको छ भन्ने स्पष्ट छैन । यद्यपि निवेदककै पक्षमा रिट जारी भएकाले अब कानुनी प्रक्रिया पूरा गरेर मेडिकल कलेज सञ्चालन गर्ने बाटो भने खुलेको छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार