बिहीबार , वैशाख २० गते २०८१
Logo
बिहीबार , वैशाख २० गते २०८१

भजन शिरोमणि भक्तराज आचार्यको अन्त्येष्टि

भजन शिरोमणि भक्तराज आचार्यको अन्त्येष्टि

साझा पोष्ट
मंगलबार, फागुन १५ २०८०
  • images
    भजन शिरोमणि भक्तराज आचार्यको अन्त्येष्टि
    images

    काठमाडौं । भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।


    images
    images

    छोराहरु गायक सत्यराज र स्वरूपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिए ।यसअघि आचार्यको पार्थिव शरीरलाई मंगलबार सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए । 

    bhaktaraj-acharya1.jpg


    आचार्यको सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य  लामो समयदेखि बिमारी थिए । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् । स्वरसम्राट नारायण गोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । 

    मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत उनका गीत लोकप्रिय छन् ।

    bhaktaraj-acharya-2.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार