आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

तस्बिरमा गाईपूजा 

तस्बिरमा गाईपूजा 

साझा पोष्ट
सोमबार, कात्तिक २७ २०८०
  • images
    तस्बिरमा गाईपूजा 
    images

    काठमाडौं । यम पञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी गाई तिहार पर्व मनाइँदै छ।  

    images
    images
    images

    विहानै गाईको पूजा गरिएको छ । हिन्दू धर्मालम्बीले गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ।

    images
    images

    गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। 

    नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए। गाईपूजा गरेपछि साँझ घरघरमा गइ देउसी भैलो खेलेर रमाइलो गर्ने चलन छ । 

    gai-puja_1.jpg
    gai-puja-2.jfif
    Gai_puja_4.jpg

    तस्बिर:रासस

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार