शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

आज महानवमी: नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै, शक्ति पिठमा भीड

आज महानवमी: नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै, शक्ति पिठमा भीड

काठमाडौं । बडादशैं  अन्तर्गत आज मंगलबार महानवमी नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।  देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भिड लागेको छ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

साझा पोष्ट
मंगलबार, असोज १८ २०७९
  • images
    आज महानवमी: नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदै, शक्ति पिठमा भीड
    images

    काठमाडौं । बडादशैं  अन्तर्गत आज मंगलबार महानवमी नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।  देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भिड लागेको छ।

    images
    images
    images

    महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

    images
    images

    प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। घटस्थापना गरिएको स्थलमै नवौँ सिद्धिदात्री देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ। सिद्धि दिने भएकैले नवौँ देवीको नाम सिद्धिदात्री रहेको हो।
     
    मुक्त हुन चाहनेलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ। सिद्ध अर्थात् मोक्ष हुन चाहनेलाई मुक्ति दिन सक्ने भएकैले ती देवीको नाम सिद्धिदात्री रहेको पौराणिक ग्रन्थमा उल्लेख  छ।

    सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ। यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन्। सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ।
    दुर्गा देवीका नौ नाम स्वयं ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको विभिन्न पुराणमा उल्लेख छ। यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार