शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

दशैंघरमा धुमधामका साथ फूलपाती भित्र्याईयो 

दशैंघरमा धुमधामका साथ फूलपाती भित्र्याईयो 

काठमाडौ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको छ । 

साझा पोष्ट
आइतबार, असोज १६ २०७९
  • images
    दशैंघरमा धुमधामका साथ फूलपाती भित्र्याईयो 
    images

    काठमाडौ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको छ । 

    images
    images
    images

    fulpati baja1664714741.jpg

    images
    images

    घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।यसै क्रममा हनुमानढोका दरबारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती पनि भित्र्याइएको छ।

    fulpati 21664714763.jpg

    गोरखाबाट धादिङको जीवनपुरसम्म दसैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ। जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित फूलपाती ल्याउने गरिन्छ।
     

    fulpati heli1664714781.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार