शुक्रबार, जेठ ११ गते २०८१
Logo
शुक्रबार, जेठ ११ गते २०८१
images

महंगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई आयोगको आग्रह

महंगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई आयोगको आग्रह

चाडबाडका समयमा हुन सक्ने शान्तिसुरक्षा र अमनचयन खलबल्याउने अवाञ्छित क्रियाकलाप रोक्नका लागि प्रभावकारी कदम चाल्न, शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन पनि आयोगले आग्रह गरेको छ ।  ‘यातायात र आवतजावतमा हुने कठिनाइको प्रभावकारी अनुगमन र निगरानी गर्न, संभावित दुर्घटना रोक्न विशेष सतर्कता अपनाउन, बजार अनुगमन तथा महँगी नियन्त्रण गर्न एवम् आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार चाडबाड मनाउने वातावरणको सिर्जना गरी साँस्कृतिक अधिकारको सुनिश्चितता गर्न आयोग तीनै तहका सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, आमनागरिक तथा सम्बद्ध सबैमा अनुरोध गर्दछ, आयोगले भनेको छ । 

साझा पोष्ट
बिहीबार , असोज १३ २०७९
  • images
    महंगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई आयोगको आग्रह
    images


    काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले चाडबाडको समयमा शान्ति सुरक्षा, आवतजावत र महंगी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी तीन वटै तहका सरकारलाई यस्तो आग्रह गरेको हो । 

    images
    images

    ‘सामान्य अवस्थामाभन्दा चाडबाडका समयमा सवारी साधनहरु पर्याप्त नचल्दा सर्वसाधारणलाई आवतजावतमा कठिनाई उत्पन्न भएको, यात्रुहरु तोकिएभन्दा बढी भाडा तिरी यात्रा गर्न बाध्य भएको, सवारी साधनहरुमा क्षमताभन्दा बढी यात्रुहरु राख्दा सवारीसाधनहरू दुर्घटनामा परी सर्वसाधारणहरूको ज्यानै समेत जाने गरेको तथा महँगी नियन्त्रण हुन नसक्दा उपभोक्ता महँगीको मारमा परेको पाइएको छ, विज्ञप्तिमा भनिएको छ । 

    images
    images

    चाडबाडका समयमा हुन सक्ने शान्तिसुरक्षा र अमनचयन खलबल्याउने अवाञ्छित क्रियाकलाप रोक्नका लागि प्रभावकारी कदम चाल्न, शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन पनि आयोगले आग्रह गरेको छ । 

    ‘यातायात र आवतजावतमा हुने कठिनाइको प्रभावकारी अनुगमन र निगरानी गर्न, संभावित दुर्घटना रोक्न विशेष सतर्कता अपनाउन, बजार अनुगमन तथा महँगी नियन्त्रण गर्न एवम् आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार चाडबाड मनाउने वातावरणको सिर्जना गरी साँस्कृतिक अधिकारको सुनिश्चितता गर्न आयोग तीनै तहका सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, आमनागरिक तथा सम्बद्ध सबैमा अनुरोध गर्दछ, आयोगले भनेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार