मंगलबार, असार १२ गते २०८१
Logo
मंगलबार, असार १२ गते २०८१
images

आईसीसीले भन्यो : नेपालको प्रदर्शन गर्व गर्न लायक, शीर ठाडो पार

आईसीसीले भन्यो : नेपालको प्रदर्शन गर्व गर्न लायक, शीर ठाडो पार

साझा पोष्ट
शनिबार, असार २ २०८१
  • images
    आईसीसीले भन्यो : नेपालको प्रदर्शन गर्व गर्न लायक, शीर ठाडो पार
    images

    काठमाडौं ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)  ले  टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपालले गरेको प्रदर्शनको प्रशंसा गरेको छ। 

    वेस्ट इन्डिजमा शनिवार  बिहान भएको प्रतिस्पर्धामा नेपाल दक्षिण अफ्रिकासँग १ रनले हारेपनि आईसीसीले मुक्त कण्ठले प्रशां गरेको हो । आईसीसीले सामाजिक सञ्जालमा नेपाल क्रिकेट संघ(क्यान)  लाई मेन्सन गर्दै लेखेको छ, ‘गर्व गर्न लायक प्रदर्शन, आफ्नो शिर ठाडो पार।’  

    images
    images

    तर खेल सकिएलगत्तै नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि आज नेपालले गरेको प्रदर्शन गर्व गर्न लायक र आगामी दिनलाई यो अनुभव काम लाग्ने बताएका थिए ।

    लगत्तै  आईसीसीले समेत नेपालले आज देखाएको प्रदर्शन गर्व गर्न लायक भनी प्रशंसा गरेको हो। हारेपनि नेपालको खेलको विश्वभर प्रशंसा भैरहेको छ । हारपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । 

    प्रतिक्रिया हरु
    थप समाचार