मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

'फ्लोर क्रस 'गर्ने गण्डकीका मन्त्री देवकोटाको सासंद पद गुम्यो

'फ्लोर क्रस 'गर्ने गण्डकीका मन्त्री देवकोटाको सासंद पद गुम्यो

शुक्रबार, असार १ २०८१
  • images
    'फ्लोर क्रस 'गर्ने  गण्डकीका मन्त्री देवकोटाको सासंद पद गुम्यो
    images

    पोखरा । गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पद गुमेको छ । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् ।

    नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्ट ऊर्जामन्त्री बनेका थिए ।

    images
    images

    तर माओवादी केन्द्रले ह्वीप उल्लंघनमा कारबाही गर्दै सभामुखलाई पत्र दिएको थियो ।सांसद पद गएपनि संविधान अनुसार प्रदेश सभा सदस्य नहुँदा पनि ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था भएकाले उनको मन्त्री पदमा भने तत्काललाई कारबाहीले पनि असर नपर्ने छैन । तर, संसदीय गणित भने तलमाथि हुने भएकाले सरकार टिक्छ कि टिक्दैन भन्ने यकिन छैन।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार