मंगलबार, असार १२ गते २०८१
Logo
मंगलबार, असार १२ गते २०८१
images

नेदरल्याण्ड्समाथि बंगलादेशको जित, श्रीलंका बाहिरियो

नेदरल्याण्ड्समाथि बंगलादेशको जित, श्रीलंका बाहिरियो

साझा पोष्ट
शुक्रबार, असार १ २०८१
  • images
    नेदरल्याण्ड्समाथि बंगलादेशको जित, श्रीलंका बाहिरियो
    images

    दीपेन्द्र कुँवर-

    सेन्टभिन्सेन्ट ।  नेदरल्यान्ड्सलाई २५ रनले हराउँदै बंगलादेशले टी–२० विश्वकपको सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ । नेदरल्याण्ड्सलाई २५ रनले हराउँदै बंगलादेशले सुपर एट संभावना बलियो बनाएको हो ।

    images
    images

    नेदरल्याण्ड्सको हारपछि श्रीलंका एक खेल अघि नै समूह चरणबाट बाहिरिएको छ । समूह डी मा बंगलादेशको यो दोस्रो जित हो । ३ खेलबाट टोलीले ४ अङ्क बटुलेको छ ।  ३ खेलबाट ६ अङ्क बटुल्दै दक्षिण अफ्रिकाले यसअघि नै अर्को चरणमा स्थान  बनाइसकेको छ । यही समूहमा रहेको  नेपालको २ खेलबाट एक अङ्क छ । ३ खेल खेलेको श्रीलंकाको पनि एक अङ्क मात्र छ ।

    बंगलादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रनमात्र बनाउन सक्यो । 

    राम्रो सुरुवात गरेको नेदरल्याण्ड्स जिततर्फ अघि बढिरहेको थियो । तर १५औं ओभरमा रिशाद होसेनले साईब्रान्ड एनगेलब्रेक्ट र बास डे लिडेको विकेट लिएपछि बंगलादेश खेलमा हावी हुँदै गयो र जित हासिल गर्यो । 

    नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए । विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५ तथा माइकल लेभिटले १८ रन जोडे । आर्यन दत्तले १५ तथा म्याक्स ओ’डाउडले १२ रन बनाए ।

    बंगलादेशका लागि होसेनले ३ तथा तास्किन अहमदले २ तथा मुस्तफिजुर रहमानले र तान्जीम शकीबले १–१ विकेट लिए ।

    त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर  पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५९ रन जोडेको थियो । बंगलादेशका लागि शाकीब अल हसनले ४६ बलमा ९ चौका सहित सर्वाधिक नटआउट ६४ रन जोडे । तान्जिद हसनले ३५ रन बनाए भने महमुदुल्लाहले २५ रन जोडे । जाकेर अलीले १४ रन बनाए ।

    नेदरल्याण्ड्सका लागि आर्यन दत्त र पल भ्यान मिकरनले २–२ तथा टिम प्रिंगलले १ विकेट लिए ।

     

    प्रतिक्रिया हरु
    थप समाचार