मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

मोदीको नेतृत्वमा नेपाल–भारत सम्बन्ध समृद्ध हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

मोदीको नेतृत्वमा नेपाल–भारत सम्बन्ध समृद्ध हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

सोमबार, जेठ २८ २०८१
  • images
    मोदीको नेतृत्वमा नेपाल–भारत सम्बन्ध समृद्ध हुने प्रधानमन्त्री प्रचण्डको विश्वास
    images

    नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भारत र नेपालबिचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डलाई आइतबार राजधानी दिल्लीको राष्ट्रपति भवनमा आयोजना गरिएको भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा आमन्त्रित गरिएको थियो ।

    शपथ ग्रहणपछि भएको भेटपछि सामाजिक सञ्जाल एक्समा सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीलाई भेटी बधाई दिएको बताए । सन्देशमा उनले दुई देशबिचको लामो समयदेखिको मित्रता थप सुद्दृढ हुनेमा आफू आशावादी रहेको बताए । ‘श्री नरेन्द्र मोदीजीसँग भेट भएको छ । भारतको प्रधानमन्त्रीका रूपमा लगातार तेस्रो कार्यकालको शपथ लिएपछि उहाँलाई नयाँ कार्यकालका लागि बधाई ज्ञापन गर्दछु,’ उनले भने, ‘भारत र नेपालबिचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने रणनीतिमा केन्द्रित रहेर छलफल भएको छ । हामीले नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्‍यौँ । उहाँकै नेतृत्वमा भारतसँगको हाम्रो बहुआयामिक सम्बन्ध समृद्ध हुनेछ भन्नेमा म विश्वस्त छु ।’

    images
    images

    भारतको राष्ट्रपति भवनमा आइतबार भएको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री विशिष्ट अतिथिमध्ये एक थिए । 

    मोदीको शपथ ग्रहण समारोहमा श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालगायत विदेशी नेता सहभागी भएका थिए । रासस/एएनआई

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार