सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

मोदीको शपथमा प्रचण्डका साथ को–को जाँदैछन् भारत ?

मोदीको शपथमा प्रचण्डका साथ को–को जाँदैछन् भारत ?

शनिबार, जेठ २६ २०८१
  • images
    मोदीको शपथमा प्रचण्डका साथ को–को जाँदैछन्  भारत ?
    images

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार शपथ लिने भएका छन् । मोदीले यसअघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका थिए । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

    शपथ ग्रहण समारोह आइतबार बेलुकी बजे हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाउने भएका छन् ।

    images
    images

    निमन्त्रणामा छिमेकी राष्ट्रका सरकार प्रमुखमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत छन् । 

    प्रधानमन्त्री प्रचण्ड शपथ समारोहमा सहभागी हुन आइतबार बिहान दिल्ली जाने भएका छन् । केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मूले शपथ ग्रहण समारोहमा सहभागी विदेशी नेताहरुका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन् ।

    भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरुलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार