आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

३ प्रदेशमा भारी वर्षा र ४ प्रदेशमा हावाहुरीसँगै वर्षाको सम्भावना

३ प्रदेशमा भारी वर्षा र ४ प्रदेशमा हावाहुरीसँगै वर्षाको सम्भावना

साझा पोष्ट
मंगलबार, वैशाख २५ २०८१
  • images
    ३ प्रदेशमा भारी वर्षा र ४ प्रदेशमा हावाहुरीसँगै वर्षाको सम्भावना
    images

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानसँगै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

    images
    images

    दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images
    images

    आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना  छ। 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
    हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ।

    यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बागमती र कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार