आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

जसपाको नयाँ समूहको अध्यक्षमा अशोक र महासचिवमा इस्तियाक, (यस्तो छ केन्द्रीय समिति)

जसपाको नयाँ समूहको अध्यक्षमा अशोक र महासचिवमा इस्तियाक, (यस्तो छ केन्द्रीय समिति)

साझा पोष्ट
आइतबार, वैशाख २३ २०८१
  • images
    जसपाको नयाँ समूहको अध्यक्षमा अशोक र महासचिवमा इस्तियाक, (यस्तो छ केन्द्रीय समिति)
    images

    काठमाडौं । जसपा नेपालबाट विभाजित भएको समूहले नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएको छ ।

    images
    images
    images

    निवेदनमा नयाँ दलको अध्यक्षमा अशोक राई र महासचिवमा मोहम्मद इस्तियाक राई छन् । जसमा ३० सदस्यीय केन्द्रीय समिति छ । 
    पुराना कम्युनिष्ट नेता अशोक जसपामा वरिष्ठ नेताको हैसियतमा थिए । उनी एमालेका पूर्वनेता हुन् ।इस्तियाक राई पूर्वमन्त्री हुन् । उनी गत निर्वाचनमा बाँके २ मा पराजित भएका थिए ।

    images
    images

    नयाँ पार्टीको नाम जसपा प्रस्ताव गरिएको छ । निर्वाचन आयोगले निवेदन दर्ता गरे पनि दल दर्ता भइसकेको छैन ।

    पार्टीमा राजेन्द्र श्रेष्ठ संघीय परिषद अध्यक्ष छन् । एक सहअध्यक्ष र चार उपाध्यक्ष प्रस्तावित छन् । सहअध्यक्षमा रेणु कुमारी यादव छिन् भने उपाध्यक्षहरुमा नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ रहेका छन् ।

    यस्तै प्रदीप यादवलाई उपमहासचिवमा प्रस्ताव गरिएको छ भने दीपक कार्की र रञ्जु कुमार सचिव छन् । कोषध्यक्षमा डा.वीरेन्द्र महतो प्रस्तावत गरिएका छन् ।
    यस्तै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि उपेन्द्र यादवलाई छोडेका छन् ।  
    यस्तो छ केन्द्रीय कार्यसमिति:

    jasapa_new1.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार