काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिकामा रहेका बेला यता उनको पार्टी फूटेको छ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर अशोक राईको नेतृत्वमा नयाँ दलको जन्म भएको हो ।
अशोक राईको नेतृत्वमा आइतबार दिउँसो निर्वाचन आयोगमा नयाँ पार्टीका लागि निवदेन दिइएको छ । सांसद प्रदीप यादवले जनता समाजवादी पार्टी, जसपा राखेर नयाँ दल दर्ता गर्न आयोगमा निवेदन दिएको बताए । जसपा नेपाल,बाट नेपाल हटाएर नयाँ समूहले दल दर्ताका लागि निवेदन दिएको छ । चुनाव चिन्ह मुठ्ठी राखिएको छ ।
संघीय संसद्का ७ जना सांसद सहित २९ जना केन्द्रीय कार्यकारीणी सदस्यहरू दल दर्तका लागि निर्वाचन आयोगमा निवेदन दिएको सांसद प्रदीप यादवले जानकारी दिए ।विभाजित दलमा संघीय सांसदहरू अशोक राई, सुशिला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान छन् । अशोक र सुशीला श्रीमान् श्रीमती हुन् । सुडी वन मन्त्री हुन् । त्यस्तै, वन राज्यमन्त्री दीपक कार्की पनि आयोग पुगे ।
प्रतिनिधि सभामा जसपाका १२ सांसद थिए । ७ सांसद विभाजित भएपछि जसपा नेपालको यादव पक्षमा ५ सांसद मात्र बाँकी छन् । निर्वाचन आयोग स्रोतले निवेदन आएको र कानून अनुसार प्रक्रिया अघि बढ्ने जनाएको छ ।