शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

प्रचण्ड, ओली र रविबीच बालुवाटारमा भेटवार्ता

प्रचण्ड, ओली र रविबीच बालुवाटारमा भेटवार्ता

साझा पोष्ट
आइतबार, वैशाख २३ २०८१
  • images
    प्रचण्ड, ओली र रविबीच बालुवाटारमा भेटवार्ता
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

    images
    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ तीन नेताबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। विशेषगरी गृहमन्त्री लामिछानेमाथि नेपाली कांग्रेसले छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको विषयमा छलफल भएको बताइएको छ । 

    images
    images

    यस्तै बजेट निर्माण प्रक्रिया, प्रदेश सरकार, विश्वविद्यालय लगायतका विषयमा साझा धारणा बनाउने विषयमा पनि छलफल भएको छ । 

    सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन बोलाएको छ। अधिवेशन सुरु हुनुअघि नै एकखालको सहमति जुटाउनेगरी प्रधानमन्त्री प्रचण्डले केही दिनदेखि नै पहल गरिरहेका छन् । यसबारे उनी नेपाली कांग्रेसका नेताहरुसँग पनि संवादमा छन् । 

    प्रचण्डले देशभरका सहकारी समस्या समाधान गर्नेगरी छानबिन समिति बनाउने प्रस्तावसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेट्ने तयारी गरेका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार