आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

ओलीकै कारण गठबन्धन खतरामा छ: घनश्याम भुसाल

ओलीकै कारण गठबन्धन खतरामा छ: घनश्याम भुसाल

साझा पोष्ट
आइतबार, वैशाख २३ २०८१
  • images
    ओलीकै कारण गठबन्धन खतरामा छ:  घनश्याम भुसाल
    images

    बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण गठबन्धन खतरामा परेको बताएका छन् ।  भैरहवामा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले सहमति गर्ने तर पालना नगर्ने ओलीकै कारण समस्या भैरहेको बताए । 

    images
    images
    images

    उनले सुदुरपश्चिम प्रदेशमा समाजवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन किचकिच गरेको तर्फ संकेत गर्दै  सहमति चुँडिने गरी नतान्न आग्रह गरे ।
    ‘गरिएको सम्झौता उल्ल्घन गर्ने, सहमती उल्लघन गर्ने यो नेकपा एमालेमा ओली जी आएदेखि भइरहेको छ, उहाँ हुँदा अलिअलि हुने कुरा हामीलाई थाहा भएकै कुरा हो’ उनले भने –‘त्यो चुँडिने गरी नतान्नुस अन्यथा क्षति हुनेछ।’  उनले विगतमा काँग्रेसँगको गठबन्धनमा आफुहरुको भूमिका हस्तक्षेपकारी नभएको बताउँदै अहिले आफुहरु झगडा गर्ने अवस्थामा आइपुगेको बताए ।
    महासचिव भुसालले प्रचण्ड र एमाले अध्यक्ष केपीओली दुवै थाकेर बनेको गठबन्धनमा आफुहरु पनि सहभागी बनेको बताए ।‘प्रचण्ड जी काँग्रेससँग लडेर थाक्नुभयो, एमाले अध्यक्ष केपी ओलीजी पार्टीभित्रको अन्तरविरोध पार्टी भित्रको प्रश्नले थाकेपछि गठबन्धन बनेको हो ’ उनले भने –‘यो कति लामो समय जान्छ, त्यो ओली जीको व्यवहारमा भर पर्छ ।’

    images
    images

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार