शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

वेष्टइण्डिज 'ए' विरुद्धको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

वेष्टइण्डिज 'ए' विरुद्धको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

साझा पोष्ट
शनिबार, वैशाख २२ २०८१
  • images
    वेष्टइण्डिज 'ए'  विरुद्धको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी
    images

    काठमाडौं । वेष्टईण्डिज 'ए'  विरुद्धको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।कीर्तिपुरमा पाहुना टोलीले दिएको १७३ रनको लक्ष्य नेपालले सात बल बाँकी छँदै ४ विकेट गुमाएर पुरा गर्यो । योसँग सिरिज ३–२ ले अन्त्य भएको छ । पहिलो खेल नेपालले जिते पनि त्यसपछिका सबै तीन खेल जितेर पाहुना टोलीले सिरिज कब्जा गरिसकेको थियो ।

    images
    images
    images

    तर अन्तिम खेलमा नेपालले शानदार जित निकाल्यो । १९औं ओभरको ५ बलमा नेपालले २२ रन जोड्यो । अन्तिम १२ बलमा जित्नका लागि नेपाललाई २२ रन चाहिएका बेला कुशल मल्लले ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का हाने ।  एक चौका लेग वाइको रुपमा प्राप्त भयो । र, खेल १९ औं ओभरमै सकियो । कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे ।रोहित पौडेलले एक बलको पनि सामना गर्नु परेन् ।

    images
    images

    नेपालका लागि अनिल साहले सर्वाधिक ५८ रन बनाए ।  उनले ४५ बलमा ४ चौका र ४ छक्का हाने ।  ओपनर आसिफ शेख ३५ बलमा २ चौका र ५ छक्कासहित ५१ रन बनाउँदै आउट भए । दोस्रो विकेटका लागि अनिल र आसिफले ९६ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाए । कुशल भुर्तेल ९ बलमा १३ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए ।  ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए ।

    यसअघि कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ जोड्यो ।एलिक अथानाज ४२ र हेडेन वाल्स ७ रनमा नटआउट रहे। यस्तै कप्तान रोस्टन चेसले ३३, जोन्सन चाल्र्सले २४, म्याथ्यू फोर्डले २३, कादीम एलियन र मार्क डेयालले समान ११ रनको योगदान गरे ।

    नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन विकेट लिए । सोमपालले किफायती बलिङ गर्दै चार ओभरमा मात्रै १६ रन खर्चे । सागरले २ ओभरमा १७ रन दिए । एक विकेट लिएका अविनाश बोहराले चार ओभरमा ४९ रन दिएर महंगो सावित भए । कुशल भुर्तेलले विकेट नलिए पनि किफायती बलिङ गर्दै ४ ओभरमा २५ रन मात्रै खर्च गरे । दीपेन्द्रसिंह ऐरी महंगा सावित भए । उनले ३ ओभरमा ३९ रन दिए । प्रतीश जीसीले ३ ओभरमा २२ रन दिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार