शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

मुम्बई आईपीएलको प्ले अफबाटै बाहिरिने पक्का

मुम्बई आईपीएलको प्ले अफबाटै बाहिरिने पक्का

साझा पोष्ट
शनिबार, वैशाख २२ २०८१
  • images
    मुम्बई आईपीएलको प्ले अफबाटै बाहिरिने पक्का
    images

    काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स आईपीएलको समूह चरणबाटै बाहिरिने पक्का भएको छ । इन्डियन प्रिमियर लिग (आईपीए) २०२४ को ५१ औं खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले हारेपछि मुम्बई बाहिरिने पक्का भएको हो । अब औपचारिकता मात्रै बाँकी छ ।  मुम्बइको घरेलु मैदानमा कोलकाताको१२ वर्षपछि जित हो । 
    १७० रनको लक्ष्य पछ्याएको मुम्बइ १८।५ ओभरमा १४५ रनमा अल आउट भयो । सूर्यकुमार यादवले ३५ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५६, इशान किशन १३, रोहित शर्मा ११, तिलक बर्मा ४, नेहाल वढेरा ६ र टिम डेविड २४ रनमा आउट भए ।

    images
    images
    images

    कोलकाताका मिचेल स्टार्कले ३.५ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । बरुण चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले २–२ विकेट लिए ।त्यसअघि वानखडे स्टेडियम मुम्बइमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाता १९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । 

    images
    images

    वेंकटेश ऐरले ५२ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए । मनिष पाण्डे ३१ बलमा २ चौका र २ छक्कासहित ४२ रघुवंशीले १३ रन बनाए ।  फिलिप साल्ट ५, सुनिल नारायण ८, श्रेयस ऐर ६, रिंकुसिंह ९ र आन्द्रे रसेल ७ रनमा आउट भए ।

    मुम्बइका नुवान थुशरा र जस्प्रित बुमराहले ३-३ विकेट लिए । हार्दिक पान्ड्याले २ र पियुष चावलाले १ विकेट लिए । राजस्थान १० खेलमा ८ खे  जितेर १६ अंकका साथ शीर्षस्थानमा छ । कोलकाता १० खेलमा ७ मा जितका साथ १४ अंक जोड्दै दोस्रो स्थानमा छ ।

    समान १० खेलमा १२–१२ अंकका साथ लखनउ तेस्रो र हैदराबाद चौथो स्थानमा छन् । मुम्बइ ११ खेलमा ३ मा जितका साथ ६ अंकका साथ नवौं स्थानमा छ । मुम्बइले अब तीन खेल खेल्न बाँकी छ । बाँकी तीनै खेलमा विजयी हुँदा पनि मुम्बइ १२ मात्रै पुग्छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार