मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

पशुपतिको जलहरी प्रकरणका सबै अभियुक्तले पाए सफाइ

पशुपतिको जलहरी प्रकरणका सबै अभियुक्तले पाए सफाइ

साझा पोष्ट
मंगलबार, वैशाख १८ २०८१
  • images
    पशुपतिको जलहरी प्रकरणका सबै अभियुक्तले पाए सफाइ
    images

    काठमाडौं । पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भएको भनिएको भ्रष्टाचार प्रकरणका सबै अभियुक्तलाई विशेष अदालतले  सफाइ दिएको छ । 
    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सफाइ पाउने निर्णय गरेको हो।

    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १४ गते पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. प्रदीप ढकाल र पूर्वकोषाध्यक्ष एवम् तत्कालीन सदस्यसचिव डा. मिलनकुमार थापासहित तीनजनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो।
    अख्तियारले पशुपति क्षेत्र विकास कोषमा कार्यरत बिसेट नाइके ९स्टोर किपर० अरुण कुमार श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको थियो।

    images
    images

    जलहरी राख्ने क्रममा ढकाल र थापासमेतको निर्देशनमा गर्भगृहमा रिङ जडान गरेपछि बाँकी सुन राख्ने क्रममा बिनामुचुल्का अनधिकृतरूपमा प्रयोग गरेको बयान उनीहरूले नै दिएको अख्तियारले जनाएको छ। 
    सुनको जलहरी निर्माणका क्रममा हानिनोक्सानी भएको १४ सय ९१.७१८ ग्राम सुनको नेपाल राष्ट्र बैंकसँग किनेको मूल्यमा पर्न आउने १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ ८५ पैसा बराबरको सुन हिनामिना गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार