सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

संघर्षपूर्ण खेलमा वेस्टइन्डिज 'ए' सँग नेपालको हार

संघर्षपूर्ण खेलमा वेस्टइन्डिज 'ए' सँग नेपालको हार

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    संघर्षपूर्ण खेलमा  वेस्टइन्डिज 'ए' सँग नेपालको हार
    images

    काठमाडौं। वेस्टइन्डिज ए ले दोस्रो टी २० खेलमा घरेलु टोली नेपाललाई १० रनले पराजित गरेको छ । जितसँगै  पाँच खेलको टी२० सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ ।


    images
    images

    १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनायो । नेपालका रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रनमा नट आउट रहे । रोहितले अन्तिमसम्म संघर्ष गरेपनि उनले अरुको साथ पाउन सकेनन् र नेपालले संघर्षपूर्ण खेलमा हार बेहोर्यो । 

    गुलशन झा ११ बलमा ३ चौका र २ छक्कासहित २६ रन तथा लोकेश बम १६ बलमा १ चौका र २ छक्कासहित १७ रनमा आउट भए । ओपनर अनिल शाह १, कुशल मल्ल शून्य, आरिफ शेख १२ र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए ।

    वेस्टइन्डिजका ओबेद म्याककोयले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । गुडाकेश मोतीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । ओशान थोमस र रोस्टन चेशले १–१ विकेट लिए ।

    अन्तिम ओभरमा नेपाललाई १७ रन जित्नलाई चाहिँएको थियो । तर नेपालले सात रन मात्रै बनाउन सक्यो । स्ट्राइकमा रोहित पौडेल भए पनि अन्तिम ओभरमा उनको ब्याट चलेन् ।  र वेस्टइण्डिजका बलर म्याथ्यु फर्डले कसिलो बलिङ गरेर टिमलाई जिताए ।पहिलो बलमा रोहितले कुनै रन बनाउन सकेनन । दोस्रो बलमा भने उनले चौका प्रहार गरे । तेस्रो बलमा २ रन लिने क्रममा आकाश चन्द रन आउट हुन पुगे । चौथो बलमा सागर ढकालले रोहितलाई स्ट्राइक दिए । २ बलमा ११ रन चाहिएको अवस्थामा रोहितले दुवै बलमा रन बनाउन नसकेपछि नेपाल पराजित हुन पुग्यो ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए ।

    नवौं नम्बरका ब्याटर गुडाकेश मोतीले ८ बलमा २ चौका र ४ छक्कासहित आक्रामक ३३ रन बनाउँदै नट आउट रहे । म्याथ्यु फर्डले ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे । कप्तान रोस्टन चेज २३ केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए ।  अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो ।

    अन्तिम ओभरमा मोतीले दीपेन्द्रसिंह ऐरीलाई ३ छक्का र १९ ओभरमा आकाश चन्दलाई एक चौका र एक छक्का हाने । आकाशलाई फर्डले पनि एक छक्का हाने । नेपालका लागि सागर ढकाल, कुशल भूर्तेलले समान २ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार