शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

कप्तान रोहितको शतकमा वेस्ट इन्डिज 'ए' माथि नेपालको रोमाञ्चक जित

कप्तान रोहितको शतकमा वेस्ट इन्डिज 'ए' माथि नेपालको रोमाञ्चक जित

साझा पोष्ट
शनिबार, वैशाख १५ २०८१
  • images
    कप्तान रोहितको शतकमा वेस्ट इन्डिज 'ए' माथि नेपालको रोमाञ्चक जित
    images

    काठमाडौं । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले वेष्ट इण्डिज ए विरुद्ध टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ। 


    images
    images

    नेपालले वेष्ट इन्डिजलाई ४ विकेटले हराएको हो। जितसँगै नेपालले पाँच खेलको सिरिजमा १–० ले अग्रता लिएको छ।   

    वेष्ट इण्डिज ए ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले २ बल बांकी छंदै ६ विकेटको क्षतिमा भेट्टायो।  नेपालका लागि कप्तान रोहितले सर्वाधिक १ सय १२ रनको योगदान दिए। रोहितले ५४ बलमा १० चौका र ६ छक्का हाने। उनले  ४७ बलमा १० चौका र ५ छक्का मद्धतमा शतक पूरा गरे । 

    दिपेन्द्र सिंह ऐरिले २४ रन थपे। उनले १८ बलमा २ चौका र १ छक्का हाने।   ओपनर कुशल भुर्तेल १६ रन बनाउँदा क्याच आउट भए। कुशल मल्ल १६ र  अनिल साह ५ रन बनाएर आउट भए। विवेक यादव ७ रनमा बोल्ड भए।  गुल्सन झा ९ र प्रतिश जिसी ५ रनमा नटआउट रहे। 

    त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली वेष्टइण्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनायो । वेष्टइण्डिज ए का कप्तान रोस्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।

    ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७,केसी कार्टी २६ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए ।कदिम एलियन १५ बलमा २ चौकासहित १४ रनमा नट आउट रहे ।आन्द्रे फ्लेचर १३ रनमा आउट भए । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १/१ विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार