काठमाडौं । इलाम २ को उपचुनावमा अहिलेसम्म २२ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान ११ बजेसम्म २२ प्रतिशत मतदान भएको जानकारी दिए ।
उत्साह पूर्वक मतदान भैरहेको छ ।
इलाम२ मा सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।