आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

कांग्रेस नेता आलमलाई जन्म कैदको सजाय

कांग्रेस नेता आलमलाई जन्म कैदको सजाय

साझा पोष्ट
बिहीबार , वैशाख १३ २०८१
  • images
    कांग्रेस नेता आलमलाई जन्म कैदको सजाय
    images

    काठमाडौं । रौतहट जिल्ला अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमलाई जन्मकैदको फैसला सुनाएको हो ।


    images
    images

    उनीमाथि अदालतले २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोग थियो । 

    अदालतले उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाएको छ । 

    त्यस्तै मुक्ति साहले सफाइ पाएका छन् भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको छ । 

    पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित अफताब आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा केही व्यक्ति घाइते भएका थिए । त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउदै इँटाभट्टामा पोलेको आरोप लागेपछि १९ असोज २०७६ मा रौतहट क्षेत्र नं. २ का तत्कालिन सांसदसमेत रहेका आलम पक्राउ परेका थिए ।

    ती घाइतेलाई नजिकैको इँट्टाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोप आलम र उनका भाइ महताबसहित अन्यमाथि थियो । उनीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुर गरी तीन वटा मुद्दा दायर गरिएको थियो ।

    प्रतिक्रिया हरु
    थप समाचार