सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

विनाशकारी भूकम्प गएको ९ वर्ष पुरा, अझै बनेनन् ९२ हजार परिवारका घर

विनाशकारी भूकम्प गएको ९ वर्ष पुरा, अझै बनेनन् ९२ हजार परिवारका घर

साझा पोष्ट
बुधबार, वैशाख १२ २०८१
  • images
    विनाशकारी भूकम्प गएको ९ वर्ष पुरा, अझै बनेनन् ९२ हजार परिवारका घर
    images

    काठमाडौं ।०७२ साल  वैशाख १२ को विनाशकारी भूकम्प गएको आज ९ वर्ष भएको छ । गोरखाको बारपाक केन्द्र बनाएर भूकम्प गएको ९ वर्ष बितिसक्दा पनि अझै ९२ हजार परिवारका घर पुनर्निर्माण हुन सकेको छैन ।


    images
    images

    महाभूकम्पको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ  । त्यति धेरै रकम खर्च भएपनि अझै कतिपय पुरातात्विक संरचना पनि अधुरै छन् । भूकम्पले १४ जिल्लामा धेरै क्षति पुगेको थियो । भूकम्पका कारण करिब ७ खर्ब ६ अर्ब बराबरको क्षति भएको गृहमन्त्रालयको तथ्यांक छ ।

    ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९ सय ७० जनाको मृत्यु भएको थियो ।२२ हजार भन्दा घाइते भएका थिए । पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए । दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो ।

     भूकम्प गएको सम्झनामा खानी तथा भूगर्भविभागले आज बृहत् फोटो प्रदर्शनीको आयोजना गरेको छ ।महाभूकम्पको स्मृतिमा गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ। मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले वैशाख १२ गते बिदा दिने निर्णय गरेको हो।गाउँपालिकाको वडा नम्वर १ मा रहेको हिमालय माविको खेलमैदानमा दिउँसो १२ बजे श्रद्धाञ्जली सभा राखिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार